गोरखा डिपार्टमेन्टको सुविधासम्पन्न गोरखा होटेल

गोरखा डिपार्टमेन्टको सुविधासम्पन्न गोरखा होटेल


इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरले ४० करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न गोरखा होटेल सञ्चालनमा ल्याउने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आगामी पुस १६ गतेदेखि सप्ताहव्यापी रूपमा उदघाटन हुने सो होटेल पूर्वी नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएकाले त्यसलाई लक्षित गरेर होटेल सञ्चालनमा ल्याइएको सञ्चालक बलराम आचार्यले बताए । होटेल सञ्चालनले पूर्वी नेपालमा आउने स्थानीय तथा बाह्य पर्यटकलाई पनि सहयोग पुग्ने बताइएको छ ।

यही पुस १६ गतेबाट सञ्चालनको तयारी रहेको होटेलको स्विट एक्ज्युकेटिभ, डिलक्ससहित ४२ कोठाबाट सेवा प्रदान गरिने बताइएको छ ।