छैटौं सगरमाथा अन्तर्राष्ट्रिय कराते पुष २७ देखि

छैटौं सगरमाथा अन्तर्राष्ट्रिय कराते पुष २७ देखि


नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २१औँ वार्षिकोत्सवको अवसरमा छैटौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुष २७ देखि संचालन हुने आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानकागरि करिव २ हजार पाँचसय खेलाडी, प्रशिक्षक, निर्णायक तथा अफिसियलहरु सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुषतर्फको जुनियर तथा क्याडेट ईभेन्टसतर्फ २०, २३, २५, २७, ३०, ३३, ३५, ४० र पुरुष कै सिनियर तर्फ ४५, ५०, ५५, ६०, ६७ , ७५, र ं८४ केजीमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै एकल काता र टिम कातागरी १८ इभेन्टस्मा प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ जुनियर तथा क्याडेट २०, २३, २५, २७, ३०, ३३, ३५, ४० र महिला सिनियरतर्फ ४५, ५०, ५५, ६१, ६७,ं ६८ किलो तौल समुहमा तथा एकल काता र टिम काता सहित १७ ईभेन्टस् गरी कुल ३७ स्वर्ण पदक का निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ले जानकारी गराए ।

दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल यस शाखा डोजोले प्रत्येक वर्ष आफ्नो बार्षिक कार्यक्रममा खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।

यसअघि आफ्नो २० बर्षे यात्रा पुरा गर्दै २० वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेको छ । गत बर्ष सञ्चालन भएको पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको तर्फबाट आयोजक टिम नक्साल डोजो ६ स्वर्ण ७ रजत र ५ कास्य पदक सहित टिम प्रथम भएको थियो ।

नक्साल डोजो प्रत्येक वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आएकोमा यो २१औँ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगिता नक्साल नारायणचौरस्थित स्टार भेन्यूमा दुई दिनसम्म संचालन हुनेछ ।