साझा चासोका विषयमा ट्रम्प-पुटिन फोनवार्ता

साझा चासोका विषयमा ट्रम्प-पुटिन फोनवार्ता


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ ।

उनीहरूबीच दुईपक्षीय सम्बन्ध, साझा चासोका विषयसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय विभिन्न विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जनाएको छ ।

‘राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गर्नुभएको थियो, रुसमा भएको आक्रमणमा सहयोग पुग्ने गरी सूचना उपलब्ध गराएकोमा पुटिनले ट्रम्पलाई धन्यवाद दिनुभएको थियो,’ ह्वाइटहाउसद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

दुवै पक्षका प्रतिबद्धतालाई निरन्तरता दिँदै दुईपक्षीय सम्बन्धबारे छलफल भएको ह्वाइटहाउसले जनाएको छ ।

रुसी संघीय सुरक्षा सेवाले जनाएअनुसार नयाँ वर्षको बिदाको बेलामा दुईवटा आक्रमण भएको थियो । रुसको दोस्रो ठूलो सहर सेन्ट पिटसबर्गमा भएको आक्रमण अमेरिकाले दिएको सूचनाका आधारमा गरिएको थियो ।

पुटिनले ट्रम्पलाई क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा शुभकामना पनि दिएको समाचार जनाएको छ ।
रासस–सिन्ह्वा