मेक्सिकोमा कैदी–कैदीबीच झडप हुँदा १६ को मृत्यु

मेक्सिकोमा कैदी–कैदीबीच झडप हुँदा १६ को मृत्यु


कारागारमा कैदी–कैदीबीच भएको झडपको क्रममा मेक्सिकोमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ ।

मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा मंगलबार दिउँसो सो झडप भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय समयानुसार दिउँसो साढे दुई बजेतिर कारागारकै दुई समूहका बीचमा झडप भएको थियो । प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीहरूले जनाएका छन् ।

स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर अवस्थालाई आफ्नो नियन्त्रणमा लिएको सार्वजनिक सुरक्षा विभागले जनाएको छ ।