भारतका एक प्रभावशाली नेता डीपी त्रिपाठीको निधन भएको छ। नयाँदिल्लीनिवासी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का वरिष्ठ नेता त्रिपाठीको ६७ वर्षको उमेरमा आज (१७ पुस) बिहान निधन भएको हो। उनी लामो समयदेखि क्यान्सरका कारण अस्वस्थ रहँदै आएका थिए ।
नेपाल मामलामा विशेष चासो र दखल राख्ने त्रिपाठी उत्तर प्रदेश (भारत)को सुल्तानपुरमा जन्मिएका थिए । तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलहरुबीच १२बुँदे सहमति गराउन त्रिपाठीले भूमिका खेलेका थिए । राजनीतिक जीवन कंग्रेसबाट शुरु गरेका र कुनैबेला राजीव गान्धीको प्रियपात्र रहेका उनी सोनिया गान्धीसँग मतभेद भएपछि कांग्रेस छाडेर उनी राष्ट्रवादी कांग्रेस पार्टीमा आबद्ध भएका थिए।
ज्ञातव्य छ, ०४६ को जनआन्दोलनताका राजीव गान्धीको दूतको रुपमा त्रिपाठी नेपाल आएका थिए। नेपाली नेताहरुसँग उनको विशेष सम्बन्ध रहेको थियो ।
प्रतिक्रिया