इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको इरानी अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
इरानी भूगर्भ विभागका अधिकारीहरुले साङगान सहरमा केन्द्रविन्दु भएर भूकम्प आएको जनाएका छन् । भूकम्पका कारण मानवीय सपत्ति क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको जनाइएको छ ।
प्रतिक्रिया