राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोट गर्न नेकपाको सचिवालय बैठक

राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोट गर्न नेकपाको सचिवालय बैठक


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल गर्न बिहीबार बसेको बैठकले कुनै निर्णय लिन नसकेपछि शुक्रबार बिहान ८ः३० बजे बस्ने गरी स्थगित गरिएको थियो ।

राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ । पार्टीमा पदाकाङ्क्षीहरूको चाप बढेकोले नेकपा नेतृत्वलाई उम्मेदवार तय गर्ने मामला जटिल विषय बन्न पुगेको बताइन्छ ।