नेपाली बजारमा सुन मूल्यले ऐतिहासिक रेकर्ड तोडेको छ । शुक्रबार सुनको मूल्य तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेपछि सुनको मूल्यले रेकर्ण तोडेका हो ।
यो मूल्य हिजो (बिहीबार) भन्दा तोलामा एक हजारले बढी हो । मंगलबार तोलाको ७३ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य हिजो र अस्ति भने स्थिर रहेको थियो ।
आजका लागि तेजावी सुन प्रतितोला ७४ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबारका लागि चाँदीको मूल्य भने प्रतितोला ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया