प्रेसिडेन्ट कप जुनियर इन्टरनेशनल सिरिज यसै साता

प्रेसिडेन्ट कप जुनियर इन्टरनेशनल सिरिज यसै साता


नेपाल ब्याडमिन्टन संघको आयोजनामा प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२० पुष २३ गते बाट काठमाडौमा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुने सिरिजमा यु–१९ तर्फ पुरुष तथा महिला एकल तथा युगल र मिश्रित युगल गरी ५ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त सिरजमा पुरुष एकलमा १५, पुरुष युगलमा १४ जोडी, महिला एकलमा १२, महिला युगलमा ८ जोडी र मिश्रित युगलतर्फ १६ जोडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता रेफ्री किरण कारञ्जितले जानकारी दिएका छन् ।

सिरजमा नेपाल लगायत युएस, मलेसिया, भारत, श्रीलङ्का र बंगलादेशको सहभागिता रहने समेत अध्यक्ष श्रेष्ठले बताए । विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त पश्चात पहिलो पटक काठमाण्डौमा आयोजना हुन लागेको सिरिजको अनुमानित लागत २१ लाख रहेको ब्याडमिन्टन संघले जनाएको छ ।

नेपालमा यो सहित अव ३ अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हुने भएका छन् । यसअघि नेपाल ब्याडमिन्टन संघले नेपाल इन्टरनेशनल च्यालेञ्ज, अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिज सम्पन्न गरिसकेको छ ।