कनौडियाले रकम जम्मा गरिदिए, महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालन हुने

कनौडियाले रकम जम्मा गरिदिए, महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालन हुने


सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मा गरिदिएपछि आज (२३ पुस) देखि सञ्चालनमा आउन लागेको हो ।

सञ्चालक कनौडियाले ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा गरिदिएका थिए । गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिएका हुन् ।

सो मिलले किसानको करिव २१ करोड बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुने र किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजैदेखि सञ्चालन हुने जानकारी गराइएको छ ।