इरानमा युक्रेनी विमान दुर्घटनाग्रस्त, १७० को मृत्यु

इरानमा युक्रेनी विमान दुर्घटनाग्रस्त, १७० को मृत्यु


युक्रेनको एक यात्रु विमान इरानमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा कम्तीमा १७० जनाको ज्यान गएको बताइएको छ ।

यूक्रेन इन्टरनेशनल एयरलान्सको बोइङ ७३७ विमान इरानको इमाम खादीमेनेइ विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटनामा परेको रोयटर्सले जनाएको छ ।

विमानमा केही टेक्निकल समस्या उत्पन्न भई दुर्घटना निम्तिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको इरानी समाचार एजेन्सी फोर्सले उल्लेख गरेको छ । दुर्घटनासँगै विमानमा आगो लागेको र विमानमा सवार कोही पनि बाँच्ने सम्भावना नरहेको समाचारमा जनाइएको छ ।