नेकपा प्रदेश ३ को संसदीय दलको निर्णय : प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा

नेकपा प्रदेश ३ को संसदीय दलको निर्णय : प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा


सत्तारुढ नेकपा प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । आज (२५ पुस) मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले नेकपाको सचिवालयले नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएबमोजिम निर्णय लिएको हो ।

राजधानी हेटौडा राख्न नेकपा सचिवालयले दिएको निर्देशनप्रति नेकपाकै कैयन सांसदले असन्तुष्टि जनाउँदै आए पनि राजधानी र नामबारे हेटौंडा र वागमतीमा सहमति भएको प्रदेश ३ का मुख्यमन्त्रीसमेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणि पौडेलले जानकारी दिए ।

नेकपा प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्यले केन्द्रले गरेको निर्णय प्रकृया नमिलेको भन्दै आफूहरुले फरक मत राखे पनि दलको बैठकमा व्यापक छलफल गरेर सहमति निकालिएको बताइन् ।