नेत्रबहादुर चन्द विप्लव नेतृत्वको नेकपाका दुईजना जिल्लास्तरीय नेता पक्राउ परेका छन् । ललितपुरका जिल्ला सेक्रेटरी तथा पूर्वइन्चार्ज रमेश डंगोल र युवा संगठन प्रमुख सन्तमान स्याङतानलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
जबर्जस्ती चन्दा संकलन, एनसेल टावरमा क्षति गरेकोलगायत आरोपमा उनीहरूलाई प्रहरीले ललितपुरको तिखिदेवलबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया