धितोपत्र बजारमा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ बिन्दुले बढेर २८६.७५ मा पुगेको छ ।
नेप्सेले उकालो यात्रा तय गर्दा कारोबार रकम भने रु. दुई अर्ब माथि नाघेको छ । कुल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५ सय ८ कित्ता सेयर रु. दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरिद–बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर ओरालो लाग्दा १० उपसमूहको सेयर भने बढेको छ । व्यापार ०.६२ र जीवन बिमा १.०९ले घटेको छ ।
यस्तै, बैंकिङ २७.०४, होटेल ८.६६, विकास बैंक २८.३२, जलविद्युत ३.०९, वित्त ४.१८, निर्वीवन बिमा १०१.५२, उत्पादन ४७.७८, अन्य ३.१६, लघुवित्त २२.१३ र सामूहिक लगानी कोष ०.०७ ले बढेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा आज सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. १० करोड ११ लाख चार हजार ९६७ मूल्यबराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, गरिमा विकास लघुवित्त रु. नौ करोड ४८ लाख ५८ हजार ३३०, एनआईसी एशिया बैंक रु. ६ करोड २९ लाख ९५ हजार ६८९, प्रभु बैंक रु. ६ करोड १९ लाख ९८ हजार १३५, हिमालयन डिस्टिलरी रु. ६ करोड १४ लाख ५५ हजार २२३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु. ६ करोड पाँच लाख ४७ हजार ८६७ मूल्यबराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
आज गरिमा विकास लघुवित्त ९.९३, नयाँ नेपाल लघुवित्त ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.८८, ग्लोबल आईएमई समुन्नत स्किम एक ८.८८, खानीखोला हाइड्रोपावर ७.१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले ७.०९ प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ४.७१, समता माइक्रोफाइनान्स ४.६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३.७९, गुह्येश्वरी मर्चेन्ट बैंक ३.५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए ।
प्रतिक्रिया