भोजपुरको दक्षिणी भेगको दुर्गम गाउँमा शिक्षण गर्दै आएका युवा कवि पूर्ण सन्ध्या समाधिको कविताकृति ‘टेकेर गुराँसमाथि’ राजधानीमा विमोचन गरिएको छ । वरिष्ठ कवि तथा किराती सौन्दर्य चिन्तक भूपाल राईले उक्त कृतिको विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै राईले समाधिले जनताको भाषामा कविता लेखेको दाबी गरे । उनले भने– ‘आफू बाँचिरहेको समाज र मानवीय पक्षमाथि धेरैभन्दा धेरै कविता लेखिनुपर्छ, कवि समाधिका कविता यसैमा केन्द्रित छन् ।’
कवि तथा समीक्षक जिचेन स्याङ्तानले कवि समाधिका कविता सरलताबाट जटिलतातर्फ बगेको बताए । कविहरू स्वप्निल स्मृति, दीप्स शाह, सीता तुम्खेवा र सञ्जय राईले कवि समाधिलाई बधाई तथा शुभकामना दिए । कृति दिलिप राईले प्रकाशन गरेका हुन् ।
प्रतिक्रिया