पोखरीमा युवतीको शव फेला

पोखरीमा युवतीको शव फेला


जनकपुरधाममा शुक्रबार एक युवतीको शव फेला परेको छ । जनकपुरधामस्थित गोरधोई पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानीय पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी खातुन दुई दिनदेखि हराइरहेकी थिइन् । बिहान घुम्न निस्केका मानिसले पोखरीमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।