ब्रेन एट्याक(स्वास्थ्य कविता)

ब्रेन एट्याक(स्वास्थ्य कविता)


-डा. बालकृष्ण थापा
मुटुजस्तै ब्रेनमा पनि हुने अपर्झ
मस्तिष्कघात पनि हुन्छ जस्तै हृदयघात
साधारणतः उमेर पनि चालीस कटेपछि
ब्लडप्रेसर र पिल्स खानेमा देखिन्छ नि बढी
त्यसैगरी मुटुको रोग मधुमेह धुम्रपान गर्दा
कहिलेकाहीँ सङ्केत दिने टाउको दुख्न सक्छ
मेडिकल भाषाले यसलाई वार्निङ भन्ने गर्छ

हुँदाखेरि जिन्दगीकै खराब टाउको दुख्छ
छिन-छिनभन्दा घण्टा गन्दा बेहोस हुन पुग्छ
धेरैजसो राति हुने पत्ता बिहान उठ्दा
कमजोर जिउ, बाङ्गो मुख, नचल्ने हातखुट्टा
छिट्टै होश गुम्न सक्छ कहिलेचाहिँ बिस्तारै
उपचार नभई टाइममा हुन सक्छ गाह्रै

हृदयाघात जस्तै यो मस्तिष्कघात पनि
इमर्जेन्सी हो नि हेर्नुस् हतार गर्नोस् अनि
एम्बुलेन्स वा स्टे्रचरमा गरी हिफाजत
पुर्‍याइहाल्नोस् नजिकैको राम्रो अस्पताल
भए राम्रो न्युरोलोजिष्ट, न्युरो र्सजन तथा सघन विशेषज्ञ
नभए नि डाक्टर भाको अस्पतालै उपयुक्त
छिटो गर्नुस् नजिक हेर्नुस् होइन राम्रो टाढा
टाढा भाको राम्रोभन्दा नजिकैको गाढा
धेरैजसो औषधि नै थोरै अपरेसन
कसलाई गर्ने भन्छन् डाक्टर बेशै बुझिकन
डाक्टरले अत्यावश्यक उपचारचाहिँ गर्छन्
सके गर्छन् नसक्दामा रिफर पठाउँछन्
जान्दिनँ म भन्न कहिल्यै डाक्टर लजाउँदैनन्
थाहा हुन्छ डाक्टरलाई कहाँ को के हुन्छन्

दिमागमा रगत जम्दा फुटी रक्तपोका
अपरेसनले राम्रो हुन्छ औषधिले भन्दा
केही घण्टामै आए पहिले ब्रेन मर्नुभन्दा
हेरी-बुझी कहिलेकाहीँ अपरेसन सम्भव छ
ढिला भए ब्रेन मरे फर्किन्न त्यो फेरि
त्यसको छेउमा दुःख पा’का नशाहरू हेरी
ब्रेन सोथ, पानी पनि जमे ब्रेनभित्र
उपचार पनि गर्नुपर्छ हटाई पानी सोथ
बन्द चुरोट, मोटोपन कम गर्नु प्रेसर कन्ट्रोल
खानु दबाई गर्नु आराम डाक्टरले भनेझैं
उपचारमा एक अति नै व्यायाम छ जरुरी
विशेषज्ञ यसकै हुन्छन् सिक्नु नि कसरी
समय नि लाग्न सक्छ नमान्नु नि हतार
रोग हो यो हेर्नुस् एउटा निकै खतरनाक

बोली पनि आउन सक्छ हात खुट्टाजस्तै
पहिलेजस्तै नभए नि राम्रो हुने धेरै
कारण के हो पत्ता लगाई ठीक गर्नु नि पर्छ
सबलाई चाहिने यी सूचना गरेँ मैले आशा
कोसिस गरेँ बनाउन साधारण भाषा
सम्पूर्ण र पूर्ण रूप योचाहिँ हुँदै होइन
नजिकैको डाक्टर भेट्नुस् यसले नपुगेमा ।
(र्सजक न्युरो र्सजन हुन् ।)