बाबुरामले सकेनन्-डा. डिल्ली ओली

बाबुरामले सकेनन्-डा. डिल्ली ओली


पङ्क्तिकारको विश्लेषणमा आधुनिक नेपालमा चारजना मात्र राजनेता भए पृथ्वीनारायण शाह, जंगबहादुर, महेन्द्र वीरविक्रम शाह र बीपी कोइराला । राजनेता त्रिकाल समेट्ने मात्र होइन योग्यता, ज्ञान, क्षमता, बुद्धि, विवेक तुलनात्मक रूपमा बढी भएको हुनुपर्दछ भनिन्छ । इतिहास हेर्दा जुन-जुन व्यक्ति यो हैसियतमा पुगे उनीहरू आफ्नो मुलुकको विषम परिस्थिति मात्र होइन अन्तर्राष्ट्रिय स्थिति पनि अत्यन्त भयावह भएको अवस्थामा त्यो उचाइमा पुग्न सफल भए । अर्थात् कतबतझबलकजष्उ सामान्यभन्दा असामान्य अवस्थामा जन्मन्छन् । नेपालकै कुरा गर्दा माथि उल्लिखित पात्रहरू अत्यन्त प्रतिकूल अवस्था र परिस्थितिमा उदय भए । यिनमा बीपी तात्कालिक राजनीतिक रूपमा असफल देखिए पनि उनी व्यक्तिगत रूपमा अत्यन्त सक्षम र योग्य मात्र थिएनन् बल्कि मुलुकभित्र र बाहिर जहाँ प्रस्तुत हुन्थे त्यहाँको वातावरण, परिस्थितिलाई आफ्नोवरिपरि घुम्न बाध्य पार्ने हैसियत राख्दथे । माथि उल्लिखित व्यक्तित्वबारे इतिहासको वास्तविक र तथ्यपरक रूपमा अध्ययन गर्दा सबै जानिन्छ ।
प्रसङ्ग हो नेपालको वर्तमान कहालीलाग्दो अवस्थाको । मुलुकले धेरै पहिलेदेखि राजनेताको खोजी गरिरहेको अवस्था छ । यहाँ प्रचुर मात्रामा जलसम्पदा, दुनियाँकै आकर्षक पर्यटन स्थल, खेतियोग्य जमिन, भौगोलिक बनावटले विविध प्रकारको उयतभलतष्बष्तिथ वनसम्पदा, अन्य प्राकृतिक स्रोत-साधन, एक्काइसौँ शताब्दीको मानवीय स्रोत, ठूलो राशिको रेमिट्यान्स, लुम्बिनी पशुपतिनाथ, सगरमाथाजस्ता निधि र सम्पदा आदि हुँदाहुँदै पनि मुलुक दुर्दशातिर उन्मुख छ । कारण टाढा छैन हामीसँगै छन्- यहाँका राजनीतिकर्मी । नेपालका राजनीतिकर्मी भनेका जागिरे प्रवृत्तिका, व्यापारी आचरणका दलाल, कमिसन एजेन्ट, तस्कर, अपराधी प्रवृत्तिका छन् । सबै यस्ता नभए पनि यस्तो प्रवृत्ति हावी छ । एकातिर मुलुक प्राकृतिक, सांस्कृतिक रूपमा सम्पन्न छ अर्कोतिर देश दिन पर दिन ओरालो लाग्दै छ । त्यसैले एउटा नागरिकको हैसियतले करिब वर्ष दिन पहिले वर्तमान नेपालमा भएका राजनीतिकर्मीमध्ये सबैभन्दा उच्चकोटिको मानिने र राजनेताको हैसियतमा पुग्न सक्ने क्षमता भएका वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट्न पुगेको थिएँ । उनीसँगको भेटमा व्यक्तिगत कुराकानी हुने कुरै भएन । त्यहाँ लामो कुराकानीमा मैले आफूले अनुभव गरेका विभिन्न विषय, राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति, विभिन्न उदाहरण दिँदै राजनेताको ठाउँ धेरै अघिदेखि खाली भएको र त्यसको एक मात्र पात्र तपाईं मात्र हुनु सक्नुहुन्छ भनेको थिएँ । किनभने, बाबुराम भट्टराई भनेका अरूभन्दा अतिरिक्त योग्यता, क्षमता, बुद्धि, विवेक र हैसियत भएका व्यक्ति भनेर चिनिन्छन् । त्यसैले उनलाई भेट्नु एउटा नागरिकका लागि स्यालकै सिङ प्राप्त गरेसरह भएको थियो । उनीसँगको भेटको निष्कर्ष थियो-देशले राजनेता खोजिरहेको छ । यो हुन्छ भनेर हुने पनि होइन, बन्छु भनेर बन्ने पनि होइन । त्यसका लागि यहाँका अन्य स्वघोषित र कथित राजनीतिज्ञ छन् जो त्भकतभम हुन् । जनताले तपाईंबाट मात्रै आशा र भरोसा राखेका छन् आदि ।
समयक्रमले बाबुरामजी प्रधानमन्त्री पनि हुनुभयो । उहाँ प्रधानमन्त्री हुनुमा भारत, क्ष्लमय-Amभचष्अam लबी, नेपालका जातीय राज्य र धर्मनिरपेक्षताको वकालत गर्ने युरोपियन युनियन, आईएनजीओ आदिको जसले जसरी विश्लेषण गरे पनि उनी देशले खोजेका प्रधानमन्त्री थिए । मैले ०५६ को संसदीय चुनावमा काङ्ग्रेसले चुनाव हार्ने निश्चित भएपछि र त्यसबेला देशले कृष्णप्रसाद भट्टराईलाई खोजेको हुनाले पनि गिरिजाप्रसादले कृष्णप्रसादलाई भावी प्रधानमन्त्री भनेर चुनाव जितेझैं सबैतिर भित्र-बाहिर सबैले बाबुराम भट्टराई भनेको हुनाले पुष्पकमल दाहालले उनका लागि ‘केही भूमिका’ अवश्य खेलेका थिए । त्यसमा पनि पार्टीबाहिर कृष्णप्रसाद सिटौला र अमरेशकुमार सिंहको प्रत्यक्ष सक्रियता देखियो । त्यो घटनाबाट आफूलाई ठूला नेता भन्ने हरेक पार्टीका नेताले आफूलाई एकपटक हर्ेर्नैपर्ने भएको छ । सधैं उनीहरूकै पछि लागेर वैतरणी पार गर्न पाइन्छ भन्ने टिठलाग्दो अवस्था यहाँका सिनियर राजनीतिज्ञमा हुनु विडम्बना नै मान्नुपर्छ । बाबुरामजीलाई ऐतिहासिक काम गर्ने प्रशस्त आधार थिए । अन्तर्राष्ट्रिय परिस्थिति आफ्नोअनुकूल हुनु, यहाँका सबै पार्टीको समर्थन प्राप्त हुनु, मधेसीहरू पनि चुप रहनु, जनता उनकै पक्षमा रहनु, गिरिजा-प्रवृत्ति र पुष्पकमल-प्रवृत्ति एउटै भए पनि गिरिजाले विगतमा जे गरे आफ्नो नेताविरुद्ध पुष्पकमलले तत्काल सीमारेखा उल्लङ्घन गर्ने हिम्मत गर्दैनथे । सबै आफ्नो पक्षमा हुँदाहुँदै पनि आफ्नो पार्टीलाई मिलाउन नसक्नु उनका लागि ठूलो चुनौती भएर उभिएको छ । प्रधानमन्त्रीको काम होटेलका बेडरुम, ट्वाइलेट चहार्ने होइन । झिनामसिना कामभन्दा ठूलो काम गरेर देखाउने उनको दायित्व थियो । देशको हरेक क्षेत्रमा अराजकता र दण्डहीनता चरमचुलीमा पुगेको छ । पार्टीहरू वार्ताबाट निक्लँदा धष्ल-धष्ल को अवस्थामा पुग्यो भन्छन् । के हो यो धष्ल-धष्ल ? यो जनताको पक्षमा हो कि सीमित पार्टीको पक्षमा ? धष्ल पार्टीका लागि हो कि देश र जनताका लागि ? त्यसैगरी अब प्रधानमन्त्री हुने हाम्रो पालो भन्ने गरेको सुनिन्छ । प्रधानमन्त्री हुने हो कि देशको विद्यमान अराजकता, लुटतन्त्र, अव्यवस्थालाई अन्त्य गर्ने हो ? त्यसका लागि कुर्सी चाहिँदैन । भारतमा अन्ना हजारेले त्यहाँको विसङ्गति ट्रयाकमा ल्याउन ठूलो भूमिका खेलिसके । म अझै भन्छु- बाबुरामजी राजनेतामा नाम दर्ज गर्नुहोस् । दक्षिणतिरको मात्रै मुख ताक्न छोड्नुहोस् । सिटौला र अमरेशहरूको कोटको फेर पकड्न छोड्नुहोस् । अमेरिकाको दक्षिणमा एक सानो क्युवा भन्ने राष्ट्र छ । अमेरिका संसारमै उथलपुथल मात्र होइन, दादागिरी गरिरहेको छ । तर, आफूसँग झुन्डिएको सानो देश क्युवालाई छुनसमेत सकेको छैन । कम्तीमा राजनीतिक र सामरिक रूपमा नेपाललाई त्यो अवस्थामा पुर्‍याउने प्रयास गर्नुहोस् । नेपाललाई भुटान बन्न नदिँदा राजतन्त्र गयो त्यो तपाईंमा लागू नहोला, तर इतिहासमा नाम उल्लेख गर्न चाहने हो भने तत्कालीन चीनमा चाउ, माउ र भारतका नेहरूहरूसँग तत्कालीन राजा महेन्द्र र बीपी कोइरालाले आ-आफ्नै शैलीमा कसरी भूमिका खेलेका थिए र उनीहरूभन्दा माथि उठेका थिए भन्ने बाबुरामजी पुनरावलोकन गर्नुहोस् र गम्भीर भएर सोच्नुहोस् ।