हात मात्र होइन अब देश उठाउनुहोस्-वसन्तराज कुँवर

हात मात्र होइन अब देश उठाउनुहोस्-वसन्तराज कुँवर


शान्तिप्रक्रिया अगाडि बढाउन राजनीतिक दलका नेताहरूले महत्त्वपूर्ण सफलता हासिल गरेको समाचार यतिबेला व्याप्त छ । लडाकुहरू सेनामा समायोजन हुने र हतियारहरू सरकारको जिम्मामा फर्काइने कुरा पनि अघि बढिरहेको छ । हातमा हात समाती माथि उठाएर टेलिभिजनमा बोलेको ढङ्गबाटै नेताहरू नेताहरू दङ्ग परेका त बुझयिो, तर उनीहरूले नेपाली जनतामाझ यो ऐतिहासिक सफलता हो भनेर जसरी प्रचार गरिरहेका छन् त्यसमा कति प्रतिशत विश्वास गर्नुपर्छ त्यो भने ठम्याउन सकिएको छैन ।
पङ्क्तिकारको विचारमा माओवादी द्वन्द्व आज तिनै हातमा हात मिलाएर एक भएका नेताहरूकै कारणले जन्मेको थियो । पञ्चायतकालमा सशस्त्र युद्ध र कन्टेनरमा हतियार राखी जनताले क्यान्टोनमेन्टमा नेपाली जनतालाई नै विद्रोही वा जनमुक्ति सेनाको रूपमा राख्नुपर्ने अवस्था आएको थिएन । माओवादीको सशस्त्र युद्ध सफल गर्ने, यो युद्ध गराउन बाध्य बनाउने, गरिरहन उकास्ने, सेलाउन नदिने र रोक्न प्रयास गर्ने सबै पात्रहरू अहिले यस युद्धमा लडेका नेपाली जनमुक्ति सेनालाई व्यवस्थापन गर्ने कुरामा एक भएर हातमा हात समाई ऐक्यबद्धता देखाइरहेका छन् ।
पङ्क्तिकार पनि कुनै समय सरकारको सुरक्षा फौजको तर्फबाट यो युद्धमा लडेको व्यक्ति हुँदा यो ठम्याउन गाह्रो परिरहेको छ कि अहिले जुन प्रकारले नेताहरूले आफैंले जन्माएको-हर्ुकाएको, पालिपोषी उचालेको र आफैंले पछारेको यो युद्धलाई टुङ्ग्याउन लागेको हौँ भनेर हातमा हात मिलाई जनतालाई देखाइरहेका छन्, त्यसमध्ये कुन नेतालाईचाहिँ मुख्य रूपमा धन्यवाद दिनुपर्छ र को-को कति धन्यवादका पात्र हुन सक्छन् ? भन्ने छुट्याउनै सकिरहेको छैन ।
अहिलेको घटना देख्दा मलाई मेरो बाल्यकाल याद आयो । म सानो हुँदा मेरा कान्छो हजुरबुबाकहाँ लामा थरका एक परिवार बस्दथे, जसले त्यो घरमा खेतीपाती गर्ने, घाँसदाउरा खोज्न मद्दत गर्दथे । लामादाइ हामी करिब दश वर्षको हुँदा पैंतालीस वर्षजतिका थिए होलान् । उनी दाउरा खोज्न पाखामा जान्थे र उत्तीसका सुकेका हाँगा खोजेर ल्याउँथे । हामी गुलेली हान्ने गर्दथ्यौँ । लामादाइ ‘मैले ढुकुरको बच्चा देखेको छु हेर्ने भए आओ’ भनेर हामीलाई दिनभरि पछि-पछि लगाई दाउरा बोकाएर पनि फर्काउँथे । कहिलेकाहीँ उनले हाम्रो गुलेली लुकाइदिन्थे र तिमीहरूको गुलेली मैले देखेको छु चाहिने भए पछिपछि आओ भनी प्रस्ताव राख्दथे । हामी लामादाइले गुलेली फेला पारिदेलान् भनि उनको पछिपछि लाग्थ्यौँ । उनी हामीलाई पछि लगाई घन्टौँ पाखा-पाखामा सुकेका हाँगा खोज्न थाल्थे । हामी व्यग्र हुँदा ‘पख-पख अब त्यो ठाउँ आउ नै लाग्यो’ भन्दै हामीलाई शान्त बनाउँथे । अन्तमा उनको काम सकिएपछि हामीलाई आँखा चिम्लन लगाई नजिकैको उत्तीसको हाँगामा हाम्रो गुलेली भएको जानकारी दिन्थे । हामीले आँखा खोल्दा गुलेली त्यहीँ झुन्डिएको हुन्थ्यो । गुलेली पाएर हामीहरू खुसीले उप्र|mन्थ्यौँ । लामादाइ पनि हाम्रो खुसी देखेर दङ्ग पर्दथे । पछि म ठूलो भएपछि मात्र बुझेँ कि ती लामादाइले नै झुक्याएर हाम्रो गुलेली चोरी इष्टकोटभित्र लुकाउँदा रहेछन् र दाउरा खोज्ने काम सकिएपछि आँखा चिम्लन लगाई नजिकै हाँगामा त्यो गुलेली इष्टकोटबाट झकिेर झुन्डाइदिँदा रहेछन् भनेर । वास्तवमा लामादाइले हामीलाई हुनुसम्मको बेबकुफ बनाइरहेका हुँदारहेछन् तर हामी भने उनले गुलेली देखाइदिए भन्दै त्यही लामादाइलाई मुरी-मुरी धन्यवाद दिँदै खुसीले उफि्रएर उल्टै उनको दाउरा बोकेर ल्याउनसमेत मद्दत गर्दारहेछौँ । अहिले आफूलाई त्यसरी बेबकुफ बनाइएकोमा म त्यो क्षण सम्झेर आफैंलाई धिक्कार्छर्ुु कहिलेकहिले मलाई लाग्छ- अहिले हातमा हात समाएर हामीले युद्ध टुङ्ग्यायौँ, हतियार व्यवस्थापन गरि्दयौँ, क्यान्टोनमेन्ट खाली गरायौँ भनेर जनतालाई खुसी दिने नेताहरू पनि कतै लामादाइजस्तै धर्ूत व्यक्तिहरू त होइनन् ? जो समस्या आफैं उब्जाउँछन् र आफैं समाधान गरेको जश लिन पनि सफल हुन्छन् । लामादाइले पनि त ढुकुरका बच्चा वा गुलेली देखाउने भनेर हामीलाई त्यतिबेला सहयोग गरेझैं नै देखाउँथे तर वास्तवमा त उनको भित्री दाउ भनेको हामीलाई बेबकुफ बनाई दाउरा बोकाउने नै रहेछ । कतै अहिलेका नेताहरूले पनि त्यसबेलाको लामादाइले झैं आफैं समस्या सिर्जना गराई देशमा अशान्ति ल्याएर त्यही समस्या पुनः व्यवस्थापन गरेझैं गरेर जनतालाई बेबकुफ बनाउन त खोजिरहेका छैनन् –
एकछिन् मानौँ, यो सोच गलत नै होला । उनीहरू साँच्चै जनताका लागि काम गर्ने समूह नै होलान् । मेरो सोच नै नकारात्मक होला, तर पनि यो कुरा त सत्य नै हो कि आज जो-जो यो समस्या बिर्सजन गराई जश लिन आतुर देखिन्छन् तिनै अनुहारहरूले नै हिजो युद्ध उठाउने, युद्ध दबाउने, युद्ध लुकाउने, युद्धमा अप्रत्यक्ष सहयोग गर्ने र त्यसबाट आफू र आफ्ना पार्टीलाई फाइदा लिने काम गरेकै हुन् । यिनै मानिसले सशस्त्र युद्धमार्फत थुप्रैको ज्यान लिएर आफ्नो राजनीतिक उचाइ बढाउन सफल भएकै हुन् ।
अब करबाट उठेको अर्बौं खर्च बाँडेपछि क्यान्टोनमेन्टमा भएका लडाकु व्यवस्थापन पनि होलान्, तर अर्कोतर्फ सोचौँ त यो अर्बौै रुपैयाँ यता खर्च गर्न नपरेर विकास कार्यमा खर्च गर्न पाएको भए कति राम्रो हुन्थ्यो होला ! नयाँ संविधान बनाउने नाममा ६०१ लाई झन्डै चार वर्ष अर्बौं खर्च गरेर पाल्नु नपरेको भए कति राम्रो हुन्थ्यो होला ? आखिर त्यसमा नेपाली जनताको करको पैसा त खर्च भएको छ । त्यो खर्च यस्ता अनावश्यक कुराहरूमा खर्च गर्नु नपरेको भए कति राम्रो हुन्थ्यो होला । हामी नेपालीमध्ये कतिपयलाई यो युद्धले राजसंस्था हटाउन र सङ्घीय राज्य बनाउनमा महत्त्वपूर्ण उपलब्धि मिलेको हुँदा यस उपलब्धिसामु अर्बौंको खर्च र हजारौँको बलिदान केही होइन भन्ने पनि परेको छ । एक नजरबाट हर्ेदा त्यो ठीकै पनि हो । तर, अर्को नजरबाट हेर्ने हो भने जुन राजा हटायौँ भनेर आज मख्ख पर्नेहरू छन् तिनै नेताहरू हिजो कोही जनताले चुनेको संसद् विघटन गरिबक्सनुपर्‍यो भन्दै संसद्समेतको सही लिएर दरबार जानेमध्येका नै त थिए भने कोही यिनैमध्ये दौरा-सुरुवाल लगाई आफूलाई प्रधानमन्त्री बनाइपाउँm भन्दै राजदरबारको पश्चिम ढोकामा दरखास्त हाल्न पुग्नेहरू पनि थिए । राजसंस्थालाई प्रयोग वा दुरुपयोग गर्दै आफ्नो हितमा मावोवादी युद्धलाई समर्थन वा विरोध गर्दै यसमा हजारौँ मानिस मर्ने स्थितिसम्म बनाउने पनि यिनै आज हात मिलाउनेहरूमध्येकै थिए । त्यसैैले आफ्ना स्वार्थका लागि नेताहरूले आफैंले नै ल्याएको, हर्ुकाएको, बढाएको, प्रयोग गरेको राजसंस्था हटाउन अर्बौं रुपैयाँ खर्च गरी हजारौँले प्राणको आहुती दिनुपर्ने अवस्थाको खासै औचित्य के होला र ? फेरि अहिलेको व्यवस्थामा भन्दा त राजाको कार्यकालमा बढी विकास, खुसियाली र सुरक्षा थिएन भनेर पनि अहिलेका नेताहरूले प्रमाणित गर्न सकिरहेका छैनन् । त्यसैगरी हिजोदेखि नै मान्दै आएको पाँच विकास क्षेत्रलाई नमानी राज्य पुनर्संरचना भन्दै भूभागलाई सात वा दश भागमा विभाजित गर्ने कुरा अहिलेका नेताहरूले गरे पनि नयाँ व्यवस्थाले हिजोको जति पनि नेपाली-नेपालीबीचको हारि्दकता बढाउन वा आपसी एकता कायम गर्न सकेको अवस्था छैन ।
त्यसैले नेताहरूले हातमा हात मिलाई लडाकु व्यवस्थापन गर्‍यौँ, अब नेपालले नयाँ उचाइ लिन्छ भन्ने जुन हौवा जनतामा बाँडिरहेका छन् त्यो यथार्थमा परिणत हुन भने त्यति सजिलो देखिँदैन । विकास र सुरक्षाका दृष्टिले यो मुलुक ०५२ सालभन्दा धेरै पछाडि पुगिसकेको छ । त्यसपछिको समय अराजक र असामाजिक व्यक्तिहरूको पकडमा समाज नराम्रोसँग फस्दै गएको छ । नेपाली जनमानसको जीवनस्तर वृद्धिको हिसाबले त्यो द्वन्द्व कुनै उल्लेखनीय पनि छैन र सुरक्षा र अराजक मानसिकताको ड्रि्री २०५२ सालभन्दा धेरै माथि पुगेको छ ।
अब के-के न गर्‍यौँ भन्दै ‘एकता’को हात उठाउने नेताहरूलाई अनुरोध छ कि यो माओवादी युद्धपछिको अवस्था नेपाली जनताको हितमा छ भनेर नेपाली जनता जीवनस्तर बर्ढाई प्रमाणित पनि गरिदिनुहोस् । अबार्ंर्ैैपैयाँ खर्च गरी हजारौँले बलिदान दिई ल्याएको व्यवस्था राजाको शासनभन्दा आमनेपालीका लागि लाभप्रद हुन्छ भनेर प्रमाणित गरिदिनुहोस् । एउटा लडाकु समायोजन गरी अर्को लडाकु खडा गर्ने काम कसैबाट भयो भने पनि तपाईंहरू हात उठाउनेहरूबाटै हुनेछ, अतः कसैबाट पनि अबदेखि आफ्ना स्वार्थसिद्ध गर्न देशसँग खेलवाड गर्ने काम नहोस् । केटाकेटीमा लामादाइले पङ्क्तिकार र मेरा साथीहरूलाई झुक्याएझैं अब तपाईंहरू नेपाली जनतालाई झुक्याउने काम नगर्नुहोस् । हात उठाउनुभए जसरी नै देशको प्रतिव्यक्ति आय, सुरक्षा र विकासको उचाइ पनि उठाएर देखाउनुहोस् । तपाईंहरूका कामलाई केटाकेटीमा हामीले देखेकोझैं लामादाइको दुरासयपूर्ण कामको रूपमा लिन नपरोस् । हात मात्र उठाउने होइन अब देश पनि उठाउनुहोस् ।