बाँके र कपिलवस्तुका तीन जनामा सङ्क्रमण, सङ्क्रमित संख्या ४ सय ५७

बाँके र कपिलवस्तुका तीन जनामा सङ्क्रमण, सङ्क्रमित संख्या ४ सय ५७


कोरोना भाइरसको सङ्क्रमण फेरि तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणअनुसार दुई पुरुष र एक महिलामा सङ्क्रमण देखिएको जानकारी दिए ।

बिहीबार राति देखिएका नयाँ सङ्क्रमितमा बाँके नरैनापुर गाउँपालिका–३ निवासी ३२ वर्षीय पुरुष र खजुरा गाउँपालिका–३ निवासी ४२ वर्षीया महिला तथा कपिलवस्तु शुद्धोधन गाउँपालिका १९ वर्षीय पुरुष छन् ।

पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म सङ्क्रमित ४५७ पुगेका छन् भने कोभिड–१९ सङ्क्रमणबाट हालसम्म तीन जनाको मृत्यु भएको छ । डा. अधिकारीका अनुसार सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।