नेपालमा कोभिड १९ बाट संक्रमित संख्या २९१२

नेपालमा कोभिड १९ बाट संक्रमित संख्या २९१२


कोभिड–१९ को सङ्क्रमणबाट शुक्रबार (२३ जेठ) थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको जानकारी दिँदै यही जेठ २२ गते ती युवाको मृत्यु भएको बताए ।

यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर उनी जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

यस्तै शुक्रबार कोभिड–१९ को सङ्क्रमण थप २ सय ७८ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ६७ पुरुष र ११ महिलामा सङ्क्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय १२ पुगेको छ ।

थप तीन जिल्लामा सङ्क्रमित देखिएबाट अब नेपालका ६८ जिल्लामा संक्रमण फैलिएको पुष्टि भएको छ ।