पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण

पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण


विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण गरियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि घोषित बन्दाबन्दीको अवसरमा सामाजिक दूरी कायम गरी शुक्रबार (२३ जेठ) धुपी र चिउरीका विरुवा रोपिएको हो ।

गण्डकी प्रदेशसभा सदस्य एवम् नेपाल कम्युष्टि पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापाले वृक्षारोपण गर्दै वातावरणमैत्री विकास निर्माणमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री एवम् नेकाका नेता महादेव गुरुङ, पोखरा १७ वडाअध्यक्ष तीर्थ अधिकारी, कार्यपालिका सदस्य राधीका शाही योगी लगायतको सहभागिता रहेको थियो ।

विश्व वातावरण दिवसको अवसरमा प्रत्येक वर्ष आवश्यकता अनुसारका विरुवा रोप्ने गरेको र यस वर्ष बन्दाबन्दीमा पनि वृक्षारोपणसहित परिसरमा यसअघि रोपिएका विरुवाको गोडमेलसमेत गरिएको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए ।