नयाँ राजनीतिक नक्सा संसदबाट सर्वसम्मत रुपले पारित

नयाँ राजनीतिक नक्सा संसदबाट सर्वसम्मत रुपले पारित


प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार (३१ जेठ) बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।

संसदमा उपस्थित कुल २५८ जना सांसदमध्ये सबैले संविधान संशोधन पक्षमा मतदान गरेका छन् । संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका छन् ।

ज्ञातव्य छ, सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।