महामारी र बेथिति व्यवस्थापनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

महामारी र बेथिति व्यवस्थापनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन


नारद कोहार, कपिलवस्तु

नेपाली कांग्रेस कपिलवस्तुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलमार्फत प्रधानमन्त्रीसमक्ष सो ज्ञापन पत्र पठाएको हो ।

पार्टीले ज्ञापन पत्रमार्फत देशमा बढ्दो कोरोना संक्रमणलाई रोकथामका लागि सरकारलाई गम्भीर बन्न, क्वारेन्टिनलाई व्यवस्थापन गर्न, १०० प्रतिशत पिसिआर परीक्षण गर्न, आइशोलेन र कोरोना अस्पतालको उचित व्यवस्थाप गरि महामारी रोकथामका लागि आवश्यक पहल गर्न ज्ञापन पत्रमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, पार्टीले देशमा व्यापक रुपमा बढिरहेको भ्रष्टाचार न्युनीकरण गर्न, अन्यायमा परेका पीडितहरुलाई न्याय दिलाउन, बलात्कारका घटनाहरु न्युनीकरणमा ध्यान दिन, दोषीहरुलाई कार्वाही गर्न भन्दै सरकारलाई दबाबमुलक ज्ञापन पत्रमार्फत सरकारलाई ध्यानाकर्षण गराएको हो ।

ज्ञापन पत्र बुझाउन पार्टीका सभापति आचार्यसहित सचिव महेन्द्र पाठक, प्रदेश सांसद रीना नेपाल, पुर्वमन्त्री दीपकुमार उपाध्याय, पुर्व जिल्ला पार्टीसभापति राजेश आचार्य, कोषाध्यक्ष शोहरत तेली, नेपाल तरुण दलका जिल्ला सभापति शाक्ति सिंह ठाकुरी, नेपाल विद्यार्थी संघका राकेश पाण्डेय, चन्द्रकान्त पोखरेल, राजेश ज्ञवाली, प्रकाश घिमिरे, नेता आजय थापा, देवेन्द्र पाण्डेय, अनुपकुमार पाण्डेय लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै पार्टीको जिल्ला कार्य समिति, क्षेत्र, प्रदेश नगर कार्यसमिति, सम्पुर्ण भातृत्व संघ–संगठन र सुभेच्छुक संस्थाहरुको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाइएको हो ।