‘एक सम्पन्न मुलुकमा रहेर अस्ट्रेलियालाई लक्षित गरी साइबर आक्रमण भइरहेको र यसका कारण अष्ट्रेलियन सरकारका सबै तहहरू, व्यवसाय, आधारभूत सेवा र महत्वपूर्ण पूर्वाधार क्षेत्रलाई प्रभावित गर्न खोजिएको छ’– यस्तो गम्भीर अभिव्यक्ति दिएका छन् अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ।
चीनसँग अस्ट्रेलियाको वैमनस्यपूर्ण सम्बन्ध बनिरहेको कारण साइबर आक्रमणको घटनाहरू भएका अनुमानहरू गरिएका समय कुनै देशको नाम नबताइकन साइबर आक्रमणबारे प्रधानमन्त्री मोरिसनको भनाइ बाहिर आएको हो ।
खासगरी स्वास्थ्य, समस्याग्रस्त पूर्वाधार र आधारभूत सेवामा सर्वसाधारणलाई सावधानी अपनाउन सम्पूर्ण नागरिक तथा सरकारी तथा गैरसरकारी संघसंस्थालाई मोरिसनले आग्रह गरेका छन् ।
मोरिसनले भनेका छन्– ‘केही क्षेत्रहरूलाई लक्षित गरी साइबर हस्तक्षेपमार्फत सूचनाहरू चोर्न र राज्यलाई क्षति पुर्याउन केही महिनादेखि साइबर आक्रमणका प्रयासहरू भइरहेको छ । यो साइबर आक्रमण कुनै राज्यसँग सम्बन्ध राख्ने क्षमतावान एजेन्टबाट भइरहेको छ । त्यहाँ धेरै व्यक्तिको सम्लग्नता भएको देखिँदैन ।’
अस्ट्रेलियाली प्रवुद्ध समूहको स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटका कार्यकारी निर्देशक वर्गपिटर जेनिङ्सले अस्ट्रेलियाविरूद्ध यस प्रकारको आक्रमण गर्ने क्षमता चीनसँग रहेको दावी गर्दै उनले भने– ‘म विश्वस्त छु यसका पछाडि चीनको सम्लग्नता रहेको छ ।’
यसैबीच चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले आरोपहरूको खण्डन गर्दै चीनले साइबर आक्रमणजस्ता सबै गलत कामको विरोध गर्दै आएको र यसविरूद्ध सङ्घर्षरत रहेको बताएका छन् ।
अस्ट्रेलियाली इन्स्टिच्युटले लगाएको आरोप निराधार र मूर्खतापूर्ण अभिव्यक्ति भएको लिचियानले दाबी गरेका छन् ।
प्रतिक्रिया