सत्ताधारी दलको ‘झुठो राजनीति’ बुझ्न नेता महतको आग्रह

सत्ताधारी दलको ‘झुठो राजनीति’ बुझ्न नेता महतको आग्रह


नेपाली काङग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टिमा निष्ठावान कार्यकर्ताहरुको सदैव उच्च मुल्याङ्कन हुने दाबी गरेका छन् । पार्टीलाई उर्जावान र गतिशील बनाउन आपसी मतमतान्तर त्यागेर पार्टीको नीति र सिद्धान्त पालन गरिए सङगठन बलियो हुने जिकिर पनि उनले गरे ।

नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको १३औँ पुण्यतिथिको अवसरमा नेपाली काङग्रेस पश्चिम नवलपरासिको आयोजनामा त्रिवेणीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै काङ्ग्रेस नेता डा. महतले नेपाली जनताका बीच राष्ट्रियताको चर्को कुरा गर्ने वर्तमान सत्ताधारीहरु विदेशी समकक्षीसँग एक शब्द पनि बोल्न नसक्ने स्वभाव प्रदर्शन गरिरहेका र उनीहरुको यो झुठो राजनीतिक खेती अब नेपाली जनताले बुझ्नुपर्ने बेला आएको धारणा राखे ।

नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका सभापति विष्णु पौडेलको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल, प्रदेशसभा सदस्य बैजनाथ जैसवाल, रामग्राम नगरपालिका प्रमुख नरेन्द्र प्रसाद गुप्ता, महिला सङ्घकी अध्यक्ष कमला पराजुली, प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अन्जु चौधरी लगायतले शोक मन्तब्य व्यक्त गरेका थिए । शर्माको गत जेठ ३२ गते बर्दघाटस्थित चिसापानीमा कार दुर्घटनामा परि निधन भयको थियो ।