महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्ने

महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्ने


नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार (१४ असार) बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने र अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने बताइएको छ ।

कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।

कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो ।

ज्ञातव्य छ, कांग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो ।