■ आरके श्रीवास्तव, रौतहट
नागरिकता विधेयक फिर्ता लिन माग गर्दै जनता समाजवादी पार्टीका कार्यकर्ताले रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् ।
मधेसी, आदीवासी, जनजातिलाई लक्षित गरी सरकारले ल्याएको नागरिकता संशोधन विधेयक ल्याएको आरोप लगाउँदै त्यसविरुद्ध जनता समाजवादी प्रदर्शनमा उत्रिएका हुन् ।
गौरका साथै जसपाले मंगलबार (१६ असार) देदेशभर नै आफ्नो पार्टीले विरोध प्रदर्शन कार्यक्रम गरेको दाबी गरेको छ ।
संसदको राज्य व्यवस्था समितिले बहुमतको आधारमा पास गरेको वैवाहिक अंगीकृत नागरिकता विधेयक फिर्ता लिन माग गर्दै जसपाका कार्यकर्ताले हातमा प्लेकार्ड र ब्यानरसहित स्थानीय मधेसक्रान्ति चोकबाट शुरु गरी गौर परिक्रमा गरेका थिए ।
बिदेशी बुहारीले ७ वर्षपछि मात्रै नागरिकता प्राप्त गर्ने ब्यवस्थाले नेपाल भारत र भारतबीचको बेटीरोटीको सम्बन्ध प्रभावित हुने तथा यस प्रावधानले खासगरी मधेसमा असर पर्ने भन्दै जनता समाजवादीका कार्यकर्ताले विरोधमा नारावाजी गरेका थिए ।
कार्यक्रममा जसपाका प्रदेश सांसद रामकिशोर यादव, गौर नगर प्रमुख अजय गुप्ता, जिल्ला समन्वय समितिका उपसभापति रामवशिष्ट यादव, रेवन्त झा, कन्थमणि जयसवाल, उपमेयर किरण ठाकुर, देवाही गोनाहीका मेयर धर्मेन्द्र पटेलसहित सैयौँको सहभागिता थियो ।
प्रतिक्रिया