कांग्रेसको तरुण विभाग विस्तार

कांग्रेसको तरुण विभाग विस्तार


नेपाली कांग्रेसको तरुण विभाग विस्तार गरिएको छ । नेपाली काग्रेसको विधान, २०१७ (संशोधितसहित)को धारा २५ (९) बमोजिम तरुण विभाग प्रमुख शंकर भण्डारीको सिफारिसमा कांग्रेस सभापति शेरबहादुर देउवाले तरुण विभाग विस्तार गरेका हुन् ।

पहिलो चरणमा तरुण विभागको जिम्मेवारी पाउनेहरुमा बझाङका पुराना तरुण नेता चेतराज बजाल, तरुण दलका पूर्व केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङ, खगेन्द्र देवान इलाम, मदन बुढाथोकी झापा, रामपल्टन साह धनुषा, श्यामप्रसाद श्रेष्ठ नवलपुर, अर्जुन शेरचन बाग्लुङ, नन्दबहादुर विष्ट रुकुम र श्रीकुमारी घर्ति रोल्पा लगायतका रहेका छन् । जसमध्ये विष्ट र घर्ती दुवै जनाको बुबालाई द्वन्द्वकालमा माओवादीले हत्या गरेका थिए ।

तरुण विभागलाई क्रमशः विस्तार गरिने तरुण विभाग एवं केन्द्रीय सदस्य भण्डारीले बताएका छन् । कांग्रेसमा विभाग विस्तार गर्नेमा भण्डारी पहिलो विभागीय प्रमुख हुन पुगेका छन् ।