माधव-प्रचण्डको रोडम्याप !

माधव-प्रचण्डको रोडम्याप !


केपी शर्मा ओलीलाई नेपाली राजनीतिबाट नै बिलोप गराउने गरी प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले योजना बनाएका छन् । सबभन्दा पहिले प्रधानमन्त्री या अध्यक्ष दुईमध्ये एक जिम्मेवारीबाट मूक्त गर्ने, त्यसपछि केही महिनाभित्रै बाँकी पदीय जिम्मेवारीबाट पनि हटाउने र दुवै पदबाट केपीलाई मूक्त गरेलगत्तै केपीसमर्थक सबै मूख्यमन्त्री र अन्त्यमा राष्ट्रपति हटाउने ‘रोडम्याप’ उनीहरूले बनाएका छन् ।

हाल एक नम्बर प्रदेशको मूख्यमन्त्रीमा शेरधन राई, बाग्मतिमा डोरमणि पौडेल, गण्डकीमा पृथ्वी सुब्बा गुरुङ र पाँच नम्बर प्रदेशमा शङ्कर पोखरेल रहेका छन् । हालसम्म केपीको समर्थनमा रहेका उनीहरूको ठाउँमा प्रचण्ड र माधवले आ–आफ्ना मानिसलाई मूख्यमन्त्री बनाउने कल्पना उनीहरूले गरेका छन् ।

केपीलाई सकेसम्म प्रधानमन्त्री पद छोड्न लगाउने र बाँकी रहेको अध्यक्ष पदबाट चाहिँ पार्टीमा अविश्वासको प्रस्ताव ल्याएर हटाउने तथा अध्यक्ष छोडेमा त्यसको केही समयपछि संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेर प्रधानमन्त्री पदबाट पनि मुक्त गर्ने योजना प्रचण्ड–माधवको छ । दुबै पदबाट मुक्त गरेपछि मात्र मूख्यमन्त्री बदल्ने, त्यसलगत्तै विद्या भण्डारीलाई राष्ट्रपति पदबाट राजीनामा दिन लगाउने र नमानेको अवस्थामा महाभियोग प्रस्ताव पारित गरी भण्डारीको ठाउँमा झलनाथ खनाललाई चयन गर्ने रोडम्याप बनेको छ ।

तर यो ‘रोडम्याप’ हालसालै बनाइएको चाहिँ होइन, गत वर्ष नै यस्तो रोडम्याप बनेपछि प्रचण्ड, माधव र झलनाथ सरकारको नेतृत्व बदल्न सक्रिय भएका हुन् । आफ्नो रोडम्यापमा उनीहरू सफल हुने हुन या होइनन्, सो भने प्रतीक्षाको विषय बनेको छ ।