‘जसपाने’ले पायो दल दर्ताको प्रमाणपत्र

‘जसपाने’ले पायो दल दर्ताको प्रमाणपत्र


जनता सामाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको छ । जनता समाजवादी पार्टीले आइतबार (२८ असार) निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीलाई प्रमाणपत्र र आधिकारिक पत्र प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

समाजवादी पार्टीले पनि एक विज्ञप्ति जारी गर्दै आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको जनाएको छ । यस कार्यका लागि उक्त पार्टीले आयोगप्रति आभार व्यक्त गरेको छ ।

साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई जसपाले बधाई तथा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

अग्रगामी परिवर्तनका पक्षधर, सङ्घीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र सामाजवादप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिलाई समाजवादी पार्टी नेपालमा आबद्ध हुन सो पार्टीले आह्वान गरेको छ ।