मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु


विकास रौनियार, धादिङ

धादिङको नीलकण्ठ नगरपालिका–९ मुरलीभन्ज्याङमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

बिहीबार साँझ धादिङबेसीबाट पाल्पाभन्ज्याङ जाने क्रममा प्रदेश नम्बर ३,००८—०२—प—२४४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नीलकण्ठ नगरपालिका–९ पाल्पा भज्याङका २६ वर्षीय रामहरि लम्सालको उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा राति११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।