सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थाायी कमिटीको बैठक एकै दिनमा दुईपटक स्थगित भएको छ ।
आज (२ साउन शुक्रबार) ११ बजेका लागि बेलाइएको बैठक दिउँसो ३ बजेसम्मका लाागि स्थगित गरिएको थियो । तर, बैठक स्थगित भएको सूचना जारी गरेको केही बेरमै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक शुक्रबार ३ बजे पनि नबस्ने उल्लेख गर्दै यही साउन ४ गते दिनको तीन बजे बस्ने गरी तोकिएको जानकारी दिएका हुन् ।

पटक–पटक बसेर पनि कुनै निर्णय लिन नसकिरहेको नेकपाको बैठक बिहीबार पनि बसेको थियो । प्रचण्ड–माधव नेपाल खेमाले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले आफ्ना दुवै ओहदाबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । तर पार्टीभित्रका विपक्षीहरूको दबाबपूर्ण ओलीले उक्त माग लत्याएका छन् । बिहीबारको छलफलमा पनि उनले ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको कदम चाल्न प्रचण्डलाई चुनौती दिएका थिए ।
नेकपा स्रोतका अनुसार सत्तारुढ दलभित्र जारी कचमचको अन्त्य तत्काल हुने छाँट छैन । केन्द्रीय कमिटीकै बैठक बोलाएर आवश्यक निर्णय लिनुपर्ने चर्चा पार्टीनेताहरू माझ चल्न थालेको छ । यदि केन्द्रिय कमिटीको बैठक डाकिएमा यसका लागि कम्तीमा एक महिनाको समय लाग्ने बताइएको छ ।
प्रतिक्रिया