स्थायी कमिटी बैठक स्थगनपछि नेकपाको सचिवालय बैठक बस्दै

स्थायी कमिटी बैठक स्थगनपछि नेकपाको सचिवालय बैठक बस्दै


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने थापाको भनाई छ ।

नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आजका लागि सचिवालय बैठक बोलाएको हो । गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ ।

शुक्रबार डाकिएको स्थायी कमिटी बैठक पनि सोमबार मात्र बस्ने गरी स्थगन गरिएको छ । प्रचार विभाग उपप्रमुख थापाले सचिवालय बैठकअघि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने जानकारी दिएका छन् ।