प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु


प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु. २ च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारहरुको मुत्यु भएको हो ।

बताइएअनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । प्रहरी निरीक्षक पौडेलले ट्र्याक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृत्यु भएको बताइएको छ ।

ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ भने वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।