बागलुङ गुठीबाट रेष्टुराँ सञ्चालक बेपत्ता

बागलुङ गुठीबाट रेष्टुराँ सञ्चालक बेपत्ता


बागलुङ नगरपालिका–३ गुठीमा रेष्टुराँ सञ्चालन गरी बस्दै आएका ओखलढुङ्गाका ४४ वर्षीय रामचन्द्र भट्टराई तीन दिनदेखि बेपत्ता भएका छन् ।

बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ बजारको गुठीमा लामो समयदेखि गौरीशङ्कर रेष्टुराँ सञ्चालन गर्दै आएका सरल प्रकृतिका भट्टराई बजारदेखि नै बेपत्ता भएको उनकी छोरी सृष्टिले जानकारी दिएकी छन् ।

भट्टराई हराएको भनी प्रहरीमा जानकारी गराइएको छ । खोजीका लागि सहयोग गर्न सृष्टिले सबैसँग आग्रह गरेकी छन् । रेष्टुँरा सञ्चालक भट्टराईलाई भेटेमा मोबाइल नं ९८६७६८४१७७ र ९८४५५३३६६२ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।