नेकपा अध्यक्ष केपी र प्रचण्डबीच छलफल, निरन्तर छलफल गर्ने सहमति !

नेकपा अध्यक्ष केपी र प्रचण्डबीच छलफल, निरन्तर छलफल गर्ने सहमति !


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहअध्यक्ष प्रचण्डले आफूलाई परिवन्दमा पारेर शनिबार शीतल निवास पुऱ्याइएको र प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी ओलीसँग कुनै सहमति नभएको भनी दिएको अभिव्यक्ति यतिबेला राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । आफूअनुकुल बोली फेर्नु र फेरिएको बोली पनि सत्य नै भएको जस्तो भान पर्ने गरी प्रस्तुत हुनु प्रचण्डको एउटा विशेषता नै हो । प्रचण्डको यही विशेषता वा शैलीको चर्चाकै बीच नेकपाका अध्यक्ष केपी शर्मा ओली र सहअधयक्ष ‘प्रचण्ड’ बीच आइतबार (४ साउन) पनि छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्र पछिल्ला दिन देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको तर कुनै निष्कर्ष भने निस्कन नसकेको बताइएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिएको जानकारीअनुसार छलफललाई निरन्तर अगाडि बढाउने विषयमा केपी र प्रचण्डबीच सहमति भएको छ ।

ज्ञातव्य छ, पार्टीभित्र देखिएको समस्या समाधानका लागि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतसँग पनि प्रचण्डले आइतबार नै छलफल गरेका थिए । नेकपामा सहजकर्ताको भूमिकामा देखिन लागेका पार्टीमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग पनि प्रचण्डले कुराकानी गरेका बुझिएको छ ।