नेपालमा कोरोना संक्रमितको संख्या १७,८४४

नेपालमा कोरोना संक्रमितको संख्या १७,८४४


नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । आइतबार १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कूल संख्या अठार हजार नजिक पुगेको हो ।

स्वास्थ्य मन्त्रालयकले नियमित प्रेस ब्रिफिङमा जनाएअनुसार सुनसरीका ६, झापाका ३, इलामका १, मोरङका १, सिराहाका १, सप्तरीका ९, धनुषाका २, पर्साका ४, बाराका ४६ जना नयाँ संक्रमित रहेका छन् । यस्तै, काठमाडौंका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १, तनहुँका २, स्याङजाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुमका ७, दाङका ६, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, कैलालीका १ तथा डोटीका ४० जना संक्रमित थपिएका छन्।

नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्याचाहिँ ११ हजार ८६८ पुगेको छ ।