सरिताको स्थानमा सिटौला सांसद् मनोनित

सरिताको स्थानमा सिटौला सांसद् मनोनित


समाजवादीकी सांसद सरिता गिरीको स्थानमा तत्कालीन समाजवादी पार्टीको बन्द सूचीबाट लीला सिटौलालाई खस आर्य क्लष्टरअन्तर्गत समानुपातिक सांसद मनोनीत गरिएको छ । समाजवादीकी सांसद गिरीलाई सांसद र पार्टीबाट नै निष्कासन गरिएपछि निर्वाचन आयोगले उनको ठाउँमा बन्द सूचीको रोलक्रम अनुसार सिटौलालाई मनोनीत गरेको हो ।

ज्ञातव्य छ, गिरीले आफूलाई सांसदबाट निष्कासन गर्ने निर्णय कानुनविपरीत रहेकाले रोक्न माग भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । यसपछि उनको स्थानमा नयाँ सांसद मनोनित गर्ने बाटो खुलेको हो ।