सन् २०२१ को टी-२० विश्वकप क्रिकेट भारतमै हुने

सन् २०२१ को टी-२० विश्वकप क्रिकेट भारतमै हुने


अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी), भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र क्रिकेट अष्ट्रेलिया (सीए)का प्रमुखबीच भएको बोेर्ड बैठकले आउँदो दुई वर्षमा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आयोजनाबारे टुङ्गो लगाएको छ । बैठकले सन् २०२१को विश्वकप भारत र २०२२को विश्वकप अष्ट्रेलियाले गर्ने निर्णय गरेको छ ।

यो निर्णय हुनुअघि नै सन् २०२१ को टी–२० विश्वकप क्रिकेट भारत हुने निर्णय भैसकेको थियो । कोरोना भाइरसका कारण सन् २०२० को टी–२० विश्वकप स्थगित भएपछि सन् २०२१ को विश्वकप कसले आयोजन गर्ने भन्ने बारेमा अन्योलता उत्पन्न भएको थियो । यही अन्योललाई समाप्त पार्न हालै बोर्ड बैठक बसेको थियो । उक्त बोर्ड बैठकले स्थगित टी–२० को आयोजना अष्ट्रेलियाले सन् २०२२ गर्ने निर्णय गरेपछि अन्योलता समाप्त भएको हो ।

बोर्ड बैठकको यो निर्णय आएपछि आइसीसीले विज्ञप्ति निकाल्दै कोरोना भाइरसको महामारीका कारण स्थगित भएको सन् २०२०को टी–२० विश्वकप सन् २०२२ मा अष्टे«लियामा हुने जानकारी गराएको छ । साथै पूर्वनिर्धारित कार्यक्रमअनुसार सन् २०२१ को टी–२० विश्वकप भारत हुने जनाएको छ ।

विज्ञप्तिमा आउँदो वर्ष सन् २०२१ मा न्युजील्याण्डमा आयोजना हुने महिलाहरूको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता कोरोनाकै कारण आइसीसीले स्थगित गरेको पनि उल्लेख गरिएको छ । अब उक्त प्रतियोगिता सन् २०२२ मा न्युजील्याण्डमै हुने आइसीसीले जानकारी गराएको छ । उक्त प्रतियोगिता २०२२ को ६ फरवरी देखि ७ मार्चसम्म आयोजना हुनेछ ।

सन २०२१मा भारतमा आयोजना हुने टी–२० विश्वकप अक्टोवर र नोभेम्वर महिनामा सञ्चालन हुनेछ । जस्को फाइनल खेल १४ नोभेम्वरमा हुनेछ । त्यस्तै सन २०२२मा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप पनि अक्टोबर र नोभेम्बर महिनामा सञ्चालन हुनेछ । जस्को फाइनल १३ नोभेम्वरमा हुने आइसीसीले जानकारी गराएको छ ।
स्मरण छ, सन २०२३को एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता पनि भारतले आयोजना गर्दैछ ।