प्रतिबन्धित नेकपाका नेतृ उमा भुजेल र सुमनसिंह पक्राउ

प्रतिबन्धित नेकपाका नेतृ उमा भुजेल र सुमनसिंह पक्राउ


विप्लवनेतृत्वको प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य उमा भुजेललाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

४१ वर्षीया भुजेलसँगै सो पार्टीका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा भुजेल र पौडेल दुवैविरुद्ध मुद्दा चलाएको छ ।

अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनिसकेकी प्रतिबन्धित नेकपाकी पूर्वपोलिटब्यूरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले गत मङ्गलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो ।

ज्ञातव्य छ, नेपाल सरकारले विप्लवनेतृत्वको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।