कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न नेकपा सचिवालय बैठक शनिबार बस्ने

कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न नेकपा सचिवालय बैठक शनिबार बस्ने


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी शनिबार गते बस्ने भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र सहअध्यक्ष प्रचण्डबीच मंगलबार (९ भदौ) भएको छलफलमा यही भदौ १३ बिहान ११ बजे बैठक बस्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपा नेता थापाका अनुसार पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले गत शनिबार बुझाएको प्रतिवेदन नै बैठकको कार्यसूची हुने छ । आज दुई अध्यक्षबीच दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थापाले जानकारी दिएका छन् ।

ज्ञातव्य छ, गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो ।