पूजारी-हत्यारालाई कारवाही माग गर्न नदिन गृहको गोप्य निर्देशन !

पूजारी-हत्यारालाई कारवाही माग गर्न नदिन गृहको गोप्य निर्देशन !


नेपाल सरकारको गृहमन्त्रालयले पूजारी हत्या काण्डका अपराधी खोजी गरी कारवाहीको माग गर्नेहरूलाई कडा कारवाही गर्न मातहतका जिल्ला प्रशासन कार्यालयहरूलाई अति गोप्य निर्देशन जारी गरेको छ ।

दाङ र सुनसरीमा पुजारी हत्याका अपराधीहरूलाई कारबाही गर्न माग गरी विभिन्न कार्यक्रमहरूको आयोजना गरेको उल्लेख गर्दै अति गोप्य सर्कुलरमा हिन्दुराज्यको माग गर्ने र पुजारी हत्याका अपराधीमाथि कारवाहीको माग गर्नेहरूलाई नछोड्न भनिएको छ।

प्रजिअहरूलाई सम्बोधन गरी शाखा अधिकृत प्रतीक राईद्वारा हस्ताक्षरित सर्कुलरको ब्यहोराले पूर्व माओवादी गुरिल्ला समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल हिन्दुधर्मावलाम्बीहरूप्रति अत्यन्त कठोरतापूर्वक व्यवहार गर्ने सोचमा रहेको स्पष्ट गरेको छ ।

बलजफ्ती धर्म परिवर्तन गराउने र इसाइकरणका निम्ति सक्रिय रहेकाहरूप्रति सहिष्णु देखिने बादलको मन्त्रालयबाट भएको सर्कुलरले पूजारीको हत्यारा खोज्ने र तिनलाई कानूने कारबाहीमा ल्याउने कार्यमा पनि गृह प्रशासन उदासिन रहेको देखाएको छ।

गृहद्वारा जारी विज्ञप्तीको पूर्ण ब्यहोरा यसप्रकार छ-