प्रतिवेदनमाथि छलफल गर्न नेकपाको बैठक भदौ १८ मा

प्रतिवेदनमाथि छलफल गर्न नेकपाको बैठक भदौ १८ मा


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार (१३ भदौ) बस्ने भनिएको सचिवालय बैठक सरेको छ । बैठक यही भदौ १८ का लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

उनका अनुसार कोभिड–१९ को जोखिमका कारणले बैठक सारिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र सहअध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएपछि बैठक बोलाउन सहमति गरेका थिए ।

अबको सचिवालय बैठक कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि बोलाइएको सो पार्टीले यसअघि नै जानकारी गराएको छ ।

गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।