विद्यार्थीप्रतिको दायित्व निर्वाह गर्न त्रिविलाई नेवि सङ्घको आग्रह

विद्यार्थीप्रतिको दायित्व निर्वाह गर्न त्रिविलाई नेवि सङ्घको आग्रह


नेपाल विद्यार्थी सङ्घले विद्यार्थीप्रतिको जिम्मेवारी र दायित्व निर्वाह गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।

नेपाली काङ्ग्रेसनिकट भातृ सङ्गठन नेवि सङ्घले एक विज्ञप्ति जारी गरी त्रिविले परीक्षाका लागि सूचना सम्प्रेषण गर्ने तर कार्यान्वयन नगर्ने र सेमेष्टर प्रणाली भनेर आन्तरिक मूल्याङ्कनलाई वैधानिकता दिन नसक्ने भन्दै आपत्तिसमेत प्रकट गरेको छ ।

सङ्घका महामन्त्री बलदेव तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा अहिलेको कोरोना–सङ्कटको अवस्थालाई अवसरको रूपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धानमार्फत विश्वका अन्य विश्वविद्यालयसरह नयाँ–नयाँ तथ्यसँगै यसको निराकरणका उपाय पत्ता लागाउनुपर्नेमा त्रिविले त्यसो गर्न नसकेको भनिएको छ ।

त्रिविले परीक्षाको निम्ति चार वटा उत्तम विकल्प भन्दै अघि सारे पनि मापदण्ड नबनाउने र त्यसको विश्वसनीयता तथा वैधतामाथि प्रश्न गर्ने गरेको नेविसङ्घको आरोप छ ।