सभापति देउवासँग तारे होटलमा भेट नगरेको डा. कोइरालाको प्रष्टोक्ति

सभापति देउवासँग तारे होटलमा भेट नगरेको डा. कोइरालाको प्रष्टोक्ति


पार्टी सभापति शेरबहादुर देउवासँग गुप्त रुपले साँठगाँठ मिलाइरहेको चर्चाले व्यापकता पाएपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मुख खोलेका छन् ।

पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको महामन्त्री कोइरालाले खण्डन गरेका हुन् ।

बिपी कोइराला लोकतन्त्र संवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा महामन्त्री डा. कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको दाबी गर्दै भ्रमपूर्ण समाचारहरु सम्प्रेषण भएकाले त्यस्ता तथ्यहीन समाचारका भ्रममा नपर्न आग्रह गरे । कार्यक्रममा उनले पार्टीको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसँगै विचार र सिद्धान्तमा समेत घनीभूत छलफल हुनुपर्ने धारणा पनि राखे ।

महामन्त्री कोइरालाले कोभिड–१९का कारण केही महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नाको विकल्प नभएको जिकिर गरे ।