मेलम्ची मुहानमा पस्यो बाढी, काठमाडौंमा पानी आपूर्ति बन्द

मेलम्ची मुहानमा पस्यो बाढी, काठमाडौंमा पानी आपूर्ति बन्द


मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी आज (१९ असार)देखि अस्थायी रूपमा बन्द भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो ।

‘वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ, गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सञ्चालन गरिनेछ’, प्रवक्ता चन्दले भनेका छन् ।

निरन्तर वर्षा भएमा काठमाडौंमा जल आपूर्ति गर्न केही समय लाग्ने जनाइएको छ ।