खतिवडाले दिए राजीनामा, दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने

खतिवडाले दिए राजीनामा, दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने


मौजुदा मन्त्रिपरिषद्का सदस्य युवराज खतिवडाले राजीनामा दिएका छन् । नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम शुक्रबार (१९ भदौ) खतिवडाले पदबाट राजीनामा दिएका हुन् ।

पछिल्लो ६ महिना संसद् सदस्यको ओहदाविना नै खतिवडा ६ महिना जिम्मेवारीमा रहेका थिए । पुनः राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित भइ मन्त्रीको जिम्मेवारीमा कायम रहने उनको आकांक्षा संविधानतः अन्त्य भएको थियो भने चाहेर पनि प्रधानमन्त्री ओलीले उनलाई मन्त्रीका रुपमा निरन्तरता दिन नसकेको सन्दर्भ यतिबेला चर्चामा छ ।

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरी जानकारी दिएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रधानमन्त्री ओलीले नै सम्हाल्ने गरी तोकिएको छ ।