विकास रौनियार, धादिङ
कोरोना संक्रमणसँगै मृत्युदर बढ्दो छ । सरकारले संक्रमण समुदायस्तरमा फैलिन नदिन तीन महिनासम्म सिंगो देशलाई नै लकडाउनमा राख्यो।
लकडाउनलाई केही खुकुलो गर्दा संक्रमण झनै बढ्न थालेपछि अहिले स्थानीयस्तरमै निशेधाज्ञा जारी गरिन थालेको छ।
संक्रमणलाई थप फैलिन नदिन २५ जनाभन्दा बढी भेला हुन नपाउने, धार्मिक कार्यक्रम, भेला, जमघट, बैठकजस्ता काममा कडाइ गरिरहेका बेला धादिङको पृथ्वी राजमार्गअन्तर्गत मलेखु, गजुरी, आदमघाट, गल्छी बजारका पसल व्यवसायीहरूले शांशिक निषेधाज्ञाको बेवास्ता गर्दै गरेको देखिन्छ ।
जिल्ला प्रशासन धादिङले यही १७ भदौ देखि बिहान १० बजेदेखि २ बजेसम्मको लागि उद्योगधन्दा संचालन गर्न पाउने निर्णय गरेको थियो । तर यो निर्णयलाई अटेर गर्दै गरेका छन् कतिपय व्यापारी ।
कोरोना भाइरसको जोखिमका कारण पसलहरु खोल्ने समय तोकिएको छ धादिङ जिल्लाभर । आफू पनि संक्रमित हुन सक्ने जोखिमका महसुस गरेर स्वयं सतर्क हुनुपर्ने अवस्थामा पृथ्वी राजमार्गका व्यापारीमा भने कोरोना संक्रमणभन्दा व्यापारको चिन्ता बढी देखिएको छ।
विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धादिङले पटक पटक निषेधाज्ञा जारी गर्दै आएको छ ।
प्रतिक्रिया