विश्व बजारमा उत्पादन र ग्राहकको रोजाइमा पर्न सफल टि.सि.एल. ब्राण्डका घरायसी सामाग्रीको आधारमा पुनः टि.सि.एल. टिभी विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ ।
नेपालमा पनि टि.सि.एल ब्राण्डका घरायसी सामाग्रीको माग बढ्दो छ । नेपालमा टि.सि.एल. ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, चेष्टफ्रिजर, वाटर डिस्पेन्सरलगायतका उपकरणहरू चौधरी ग्रुपअन्तरगत इ.ओ.एल.मार्फत नेपाली बजारमा बिक्री हुने गरेको छ ।
टि.सि.एल. ब्राण्ड विश्वमा १५ वटा अवार्ड विजेतासमेत भइसकेको कम्पनीले जनाएको छ । टि.सि.एल.का २३ वटा आर.एण्ड.डि सेन्टर, ७५ हजार कर्मचारी, २१ वटा मेनुफेक्चरी वेस रहेको र १६० वटा देशमा आफ्नो ब्यापक विस्तार गरिसकेको छ ।
विश्वमा टि.सि.एल. ब्राण्डको मुल्याङ्कन २००७ मा ४०.१३६ अर्व आर.एम.वि. रहेकोमा १० वर्षमा बढेर ८०६.५६ अर्ब आर.एम.वि. पुगेको छ । टि.सि.एल. ब्राण्डको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ ।
टि.सि.एल. टि.भी. को शुरुवात सन् १९८१ मा गरेको पाइन्छ । आई.एच.एस.पछिको २०१६ मा नै उत्कृष्ट टप ३ स्थान ओगट्न सफल भएको टि.सि.एल. ब्राण्डका टि.भी. २०१८ देखि २०२० सम्म उत्कृष्ट टप २ स्थानमा पर्न सफल भएको छ । २०२० मा मार्केट सेयरको आधारमा क्यु २ ‘टि.सि.एल. ग्लोबल टप २ टि.भी. ब्राण्ड’ बन्न सफल भएको जनाइएको छ ।
प्रतिक्रिया